बागलुङ बसपार्कमा सिआइडी हुँ भन्दै चेकजाँच गरेपछि...

पाेखरा | साउन ३०, २०८१

बागलुङ बसपार्कमा सिआइडी हुँ भन्दै चेकजाँच गरेपछि...

पोखरा:   पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा सादा पोशाकका प्रहरी हौं भन्दै सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले २ जनालाई प्रक्राउ गरेको छ । 


बागलुङ बसपार्कमा सादा पोशाकको प्रहरी हौं भन्दै सर्वसाधारण नागरिकहरुलाई दुःख हैरानी दिएको आरोपमा पोखरा १७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र माछापुच्छ«े गाउँपालिका घर भएका २६वर्षीय सरोज थापालाई प्रहरीले प्रक्राउ गरेको हो । 


उनीहरुले सादा पोशाकका प्रहरी हौं भन्दै सर्वसाधारण नागरिकहरुलाई दुःख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुली गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको आरोपमा साउन २७ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । 


उनका अनुसार प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रहरीलाई समेत अभद्र व्यवहार गरेको बताए । 


पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहारको मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्